सुनको मूल्य प्रतितोला एक लाख ३९ सय पुग्यो

<p>काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार [&hellip;]</p>

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रति तोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News