नेपाल इन्भेष्टमेन्ट र मेगाको सेयर पुस २७ गतेदेखि रोक्का

<p>काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट र मेगाकाे सेयर पुस २७ गतेदेखि राेक्का हुने भएकाे छ । दुई बैंककाे एक आपसमा मर्जर भई पुस २७ गतदेखि काराेबार हुने भएपछि सेयर राेक्का हुने भएकाे हाे । बैंककाे साेमबार बसेकाे बैठकले १५ दिनकाे लागि सेयर राेक्का गर्ने निर्णय गरेकाे हाे । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ [&hellip;]</p>

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट र मेगाकाे सेयर पुस २७ गतेदेखि राेक्का हुने भएकाे छ । दुई बैंककाे एक आपसमा मर्जर भई पुस २७ गतदेखि काराेबार हुने भएपछि सेयर राेक्का हुने भएकाे हाे ।

बैंककाे साेमबार बसेकाे बैठकले १५ दिनकाे लागि सेयर राेक्का गर्ने निर्णय गरेकाे हाे ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ पुग्नेछ ।

 

Share News