नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहरण

<p>नाइजेरिया । नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके(४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको जनाएको छ । इडो गभर्नरको कार्यालयले जनाएअनुसार बन्दुकधारीहरूको आक्रमण इग्वेबेनमा करिब ४ बजे स्थानीय समयमा भएको थियो । एके ४७ असल्ट राइफल लगायतका हतियार लिएर आएका मानिसहरूले आक्रमणको सो स्टेशनमा ट्रेनको पर्खाइमा रहेका यात्रुहरूलाई आक्रमण गरेका थिए [&hellip;]</p>

नाइजेरिया । नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके(४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको जनाएको छ ।

इडो गभर्नरको कार्यालयले जनाएअनुसार बन्दुकधारीहरूको आक्रमण इग्वेबेनमा करिब ४ बजे स्थानीय समयमा भएको थियो । एके ४७ असल्ट राइफल लगायतका हतियार लिएर आएका मानिसहरूले आक्रमणको सो स्टेशनमा ट्रेनको पर्खाइमा रहेका यात्रुहरूलाई आक्रमण गरेका थिए ।

सूचना मन्त्री क्रिस ओसा नेहिखारेले आक्रमणमा ३२ जना अपहरणमा परेको तर एकजना बेपत्रा भएको बताएका छन् । अहिले, सुरक्षाकर्मीहरू परिचालन गरी पीडितहरूको उद्धार कार्य अगाडि बढाइएको नेहिखरेले जनाएका छन् । रासस

Share News