नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न, २४३ अभिकर्ता सम्मानित

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न गरेको छ । इन्स्योरेन्सले पुष २४ गते काठमाडौंको हायत प्लेसमा एमडीआरटी अचिभर्स अवार्ड २०२३ समारोह सम्पन्न गरेको हो । कम्पनीले वर्ष सकिएको सात दिन भित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क सकलन गरी एमडीआरटीका लागि योग्य भएका २४३ [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न गरेको छ । इन्स्योरेन्सले पुष २४ गते काठमाडौंको हायत प्लेसमा एमडीआरटी अचिभर्स अवार्ड २०२३ समारोह सम्पन्न गरेको हो ।

कम्पनीले वर्ष सकिएको सात दिन भित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क सकलन गरी एमडीआरटीका लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मान गरेको हो ।

२०७९ असोज मसान्तसम्ममा  कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।

Share News