आइएमई जनरलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ ?

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लााभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पुस २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभामा सहभागि र लाभांश प्राप्त गर्न सक्नेछन् । इन्स्योरेन्स कम्पनीले गत आर्थिक [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लााभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पुस २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभामा सहभागि र लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद गरी कूल ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्स कम्पनीले माघ ९ गते, होटल ले हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

Share News