काठमाडौं । महिला लघुवित्तले ५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार सम्पन्न संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँज ४७.५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तको हाल चुक्ता पूँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।