काठमाडौं । मंगलबारको सेयर बजार २१.३५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार घटेर २१९०.४२ विन्दुमा पुगेको छ ।
बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ । आज २० करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ कराेड रुपैयाँ बढीको कारोबार भएको छ ।
नेप्सेको अनुसार आज सबैभन्दा बढी न्याग्दी ग्रुप पावरको सबैभन्दा बढी २१ करोड रुपैयाँको कारोबार भएको छ ।
यस्तै, आज बाराही हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर २८।४० रुपैयाँले बढेर सर्किट लागेको हो ।