आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता ३० रुपैयाँ घट्यो

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो । कम्पनीको बोनस सेयर समायोजन पश्चात् नेप्सेले प्रतिकित्ता ५००.२८ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । मंगलबार कम्पनीको अन्तिम कारोबार मूल्य ५३०.३० रूपैयाँमा भएको थियो । सोही मूल्यका [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो ।

कम्पनीको बोनस सेयर समायोजन पश्चात् नेप्सेले प्रतिकित्ता ५००.२८ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । मंगलबार कम्पनीको अन्तिम कारोबार मूल्य ५३०.३० रूपैयाँमा भएको थियो । सोही मूल्यका आधारमा मूल्य समायोजन गरेको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद गरी कूल ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न माघ ९ गते, होटल ले हिमालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

Share News