
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २ कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । मितेरी डेभलपमेन्ट बैंक र हिमालयन डिष्टिलरी कम्पनीको वार्षिक साधारण सभा आज (पुस २७ गते, बुधबार) हुने भएको हो ।
मितेरी डेभलपमेन्ट बैंकको १७ औँ वार्षिक साधारण सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२.३५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
यस्तै, हिमालयन डिष्टिलरी कम्पनीको २२ औ बार्षिक साधारणसभा रजिष्टर्ड कार्यलय बिरगंजमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
दुवै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछन् ।