माउन्टेन इनर्जीले जम्मा गर्याे सेयरधनीको खातामा १०.५२ प्रतिशत लाभांश

<p>काठमाडौं । माउन्टेन इनर्जी नेपालले वार्षिक साधारण सभाले पारित गरेको लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । कम्पनीले सोमबार पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १०.५२६३ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद (कर समेत) [&hellip;]</p>

काठमाडौं । माउन्टेन इनर्जी नेपालले वार्षिक साधारण सभाले पारित गरेको लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । कम्पनीले सोमबार पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १०.५२६३ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद (कर समेत) लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ ।

खातामा लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भएमा सेयरधनीहरुले नै व्यहोनुपर्नेछ । सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

बैंकको सोमबार बसेको नवौं वार्षिक साधारण सभाले १०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन् ।

Share News