काठमाडौं । तारागाँउ रिजेन्सी होटलले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । होटल सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले गत वर्षको नाफाबाट ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
होटलले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । होटलको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँको १५ करोड ८८ लाख रुपैयाँ नगद वितरण गर्ने भएको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिने छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा १० प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा १२ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ७.३६ प्रतिशत नगद लभांश वितरण गरेको थियो ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १२ प्रतिशत नगद र ०.६३१ प्रतिशत बोनस सेयर गरी कूल १२.६३१ लाभांश वितरण गरेको थियो ।
