काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न २९ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत लाभांश पारित गरेको हो ।
संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल काय चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
कम्पनीले २०७८/७९ मा कुल बीमा शुल्क दुई अर्ब ११ करोड ७२ लाख २९ हजर आर्जन गरी खुद मुनाफा ३६ करोड ४८ लाख ९६ हजार आर्जन गरेको छ ।
यस्तै, सभाले सिद्धार्थ इन्स्योरेन्ससँग १:१ अनुपातमा मर्ज भई नयाँ कम्पनी सिद्धार्थ प्रिमियर इन्सर्योरेन्स बन्ने प्रस्ताव पनि पारित गरेको छ ।