सिजी ल्यान्डमार्कले डेढ दर्जन संस्थालाई दियो फुटबल

<p>चितवन । चितवनको भरतपुरस्थित व्यापारिक कम्पलेक्स सिजी ल्यान्डमार्कले झन्डै डेढ दर्जन संस्थालाई फुटबल हस्तान्तरण गरेको छ । सिजी ल्यान्डमार्कले फुटबल खेल प्रवद्र्धन गर्न विभिन्न विद्यालय, युवा क्लब, सैनिक क्याम्प र रेडियो स्टेसनलाई फुटबल प्रदान गरेको ल्यान्डमार्कका महाप्रबन्धक उज्वल केसीले जानकारी दिए । उनका अनुसार सिजी ल्यान्डमार्कले चितवन मावि, राष्ट्रिय प्रावि–यज्ञपुरी, ठोरी खेत मावि, भद्रकुमारी निमावि, [&hellip;]</p>

चितवन । चितवनको भरतपुरस्थित व्यापारिक कम्पलेक्स सिजी ल्यान्डमार्कले झन्डै डेढ दर्जन संस्थालाई फुटबल हस्तान्तरण गरेको छ । सिजी ल्यान्डमार्कले फुटबल खेल प्रवद्र्धन गर्न विभिन्न विद्यालय, युवा क्लब, सैनिक क्याम्प र रेडियो स्टेसनलाई फुटबल प्रदान गरेको ल्यान्डमार्कका महाप्रबन्धक उज्वल केसीले जानकारी दिए ।

उनका अनुसार सिजी ल्यान्डमार्कले चितवन मावि, राष्ट्रिय प्रावि–यज्ञपुरी, ठोरी खेत मावि, भद्रकुमारी निमावि, कैलाशनगर मावि, प्रेम वस्ती मावि, गौरीगन्ज मावि, राष्ट्रिय प्रावि–रामनगर, रामनगर मावि, सतिाराम मावि, न्यु युवा क्लब, देउराली युवा क्लब, नयाँ किरण मावि, रेडियो भरतपुर र कालीबहादुर गण लगायतलाई फुटबल प्रदान गरेको हो ।

खेल प्रवद्र्धनका लागि ती संस्थाहरुलाई ६० थान फुटबल निःशुल्क हस्तान्तरण गरेको महाप्रबन्धक केसीले जानकारी दिए । सिजी ल्यान्डमार्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएको र आगामी दिनमा यसलाई अझ सशक्त रुपमा निरन्तरता दिने उनले बताए ।

Share News