काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । धितोपत्र बोर्डले तोकेको समयमा विवरण नबुझाएकोले ३ कम्पनी कारबाहीमा परेको हो ।
बोर्डको कारबाहीमा पर्ने ३ ब्रोकरमध्ये धितोपत्र दलाल व्यवसायी सनी सेक्यूरिटिज कम्पनीले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र वार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम बोर्डले १० हजार रुपैयाँ जरिवाना गरेको छ ।