४२ प्रतिशत लाभांश पारित गर्न रिडी पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । रिडी पावर कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको बुधबार बिहान  बसेको संचालक समितिको बैठकले माघ २९ गते आइतबारको लागि साधारण सभा बोलाएको हो । संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई ४२.१ प्रतिशत लाभांश घोषणा गरेको छ । साधारण सभाले प्रस्तावित उक्त लाभांश पारित गर्नेछ । यस्तै, कम्पनीले साधारण सभाको लागि [&hellip;]</p>

काठमाडौं । रिडी पावर कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको बुधबार बिहान  बसेको संचालक समितिको बैठकले माघ २९ गते आइतबारको लागि साधारण सभा बोलाएको हो ।

संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई ४२.१ प्रतिशत लाभांश घोषणा गरेको छ । साधारण सभाले प्रस्तावित उक्त लाभांश पारित गर्नेछ ।

यस्तै, कम्पनीले साधारण सभाको लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यसको अर्थ माघ १७ सम्म कम्पनीको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्नेहरुले मात्र कम्पनीको लाभांश पाउनेछन् ।

Share News