लाभांश पारित गर्न युनियन लाइफले बोलायो साधारण सभा

<p>काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको बैठकले माघ २६ गते बिहीबार साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्षको २०७७र७८ को नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ । कम्पनीले २०७७र७८ को नाफाबाट सेयरधनीलाई ८।९७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ [&hellip;]</p>

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको बैठकले माघ २६ गते बिहीबार साधारण सभा बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक वर्षको २०७७र७८ को नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ । कम्पनीले २०७७र७८ को नाफाबाट सेयरधनीलाई ८।९७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरको छ । यसको अर्थ माघ १५ गतेसम्म युनियन लाइफको सेयर खरिद गरी सेयरधनी बनेकाहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

Share News