
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सले ६ महिनामा ९० करोड २५ लाख बीमाशुल्क संकलन गरेको जानकारी दिएको छ । कम्पनीको २५औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको बीमाशुल्क संकलन गरेको जानकारी दिएको हो ।
कम्पनीले २०७७/७८ मा एक अर्ब ७७ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी गत वर्षको दाँजोमा १६।४७ प्रतिशतले बीमा शुल्क वृद्धि गरेको थियो ।
सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले पानीपोखरीमन दुई तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको जानकार दिएका छन् । निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने उनले बताए ।
त्यसैगरी, कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ।व। मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी दिएको छ ।