१० अंकले बढ्यो नेप्से, झण्डै साढे ३ अर्बको कारोबार

<p>काठमाडौं । बुधबार सेयर बजार १०.३७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर २१८३.६२ विन्दुमा पुगेको छ । यसरी सेयर बजार बढ्दा पाँच कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु क्रमशस् ग्रिनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिम जिआइसी इन्स्योरन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावर [&hellip;]</p>

काठमाडौं । बुधबार सेयर बजार १०.३७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर २१८३.६२ विन्दुमा पुगेको छ ।

यसरी सेयर बजार बढ्दा पाँच कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु क्रमशस् ग्रिनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिम जिआइसी इन्स्योरन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावर रहेको छ ।

यस्तै, आज ९५ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४६ करोडको कारोबार भएको छ । कारोबार हुने कम्पनीहरुमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको १० करोड रुपैयाँको भएको छ ।

Share News