उपकार लघुवित्तको ६५ प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५ [&hellip;]</p>

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Share News