
काठमाडौं । शिवम् सिमेन्टसले सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १०.५३ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।
कम्पनीले माघ ५ गतेदेखि गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।
कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।
मर्जर पश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नं. रहेका सेयरधनीहरुको खाता नं. परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम फिर्ता आउन सक्ने हुँदा परिवर्तित नयाँ खाता नं. हितग्राही खातामा अद्यावधिक गराउनु कम्पनीले आग्रह गरेको छ ।