१५ अंकले घट्यो सेयर बजार, प्राइम लाइफले सबैभन्दा बढी गुमायो

<p>काठमाडौं । मंगलबार सेयर बजार १५.७० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार घटेर २१११.६८ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि घटेको छ । नेप्सेको अनुसार आज ७५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी हाइड्रोपावरले १९ करोड [&hellip;]</p>

काठमाडौं । मंगलबार सेयर बजार १५.७० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार घटेर २१११.६८ विन्दुमा पुगेको छ ।

आज कारोबार रकम पनि घटेको छ । नेप्सेको अनुसार आज ७५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी हाइड्रोपावरले १९ करोड रुपैयाँको गरेको छ ।

यस्तै, आज सबैभन्दा बढी आम्दानी आदर्श लघुवित्तले गर्दा प्राइम लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी गुमाएको छ ।

Share News