काठमाडौं, २१ असोज । ओम डेभलपमेन्ट बैंकले सेयरधनीलाई २९ दशमलब २ प्रतिशत बोनस दिने निर्णय गरेको छ ।
उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले निर्णय गरेको हो । बैठकको निर्णयलाइ राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ ।
हाल बैंकको चुक्ता पूँजी एक अर्ब ५ करोड २८ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी एक अर्ब ३६ करोड रुपैयाँ पुग्ने छ ।
त्यसैगरि, कन्ट्री डेभलपमेन्ट बैंकले ८ दशमलब ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर लाभांशको लागि बैंकले शुन्य दशमलब ४४४८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले निर्णय गरेको हो । बैठकको निर्णयलाइ राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ ।