लाभांश र हकप्रद पारित गर्न अपि पावरले बोलायो साधारण सभा

<p>काठमाडौं । अपि पावर कम्पनीले लाभांश पारित गर्न लाभांश साधारण सभा बोलाएको छ । कम्पनीले फागुन १४ गतेको लागि कम्पनीको साधारण सभा बोलाएको हो । सभाले कम्पनीको गत वर्षका नाफाबाट प्रस्तावित लाभांश पारित गर्नेछ । कम्पनीले यस वर्ष ७।८९ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ । सभाले सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ४१३.१५ करोड रुपैयाँको [&hellip;]</p>

काठमाडौं । अपि पावर कम्पनीले लाभांश पारित गर्न लाभांश साधारण सभा बोलाएको छ । कम्पनीले फागुन १४ गतेको लागि कम्पनीको साधारण सभा बोलाएको हो ।

सभाले कम्पनीको गत वर्षका नाफाबाट प्रस्तावित लाभांश पारित गर्नेछ । कम्पनीले यस वर्ष ७।८९ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ ।

सभाले सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ४१३.१५ करोड रुपैयाँको एक सेयर बराबर ०.४० को दरले हुने १६५.३४ करोड बराबरको हकप्रद सेयर जारी गर्नेबारे पनि निर्णय गर्नेछ ।

प्रस्तावित हकप्रद सेयर निस्काशनबाट प्राप्त हुने रकम कम्पनीले संचालन गरी उत्पादन गरिरहेको जलविद्युत र सौर्य विद्युतमा प्रयोग गर्ने जनाएको छ ।

Share News