काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर २११६.६५ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार सामान्य अंकले बढेको बजारमा भने २५ दित यताकै कम कारोबार भएको छ । बुधबार ५० लाख कित्ता सेयरकिनबेच हुँदा एक अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि पुस ७ गते बिहीबार २४ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यस्तै, आज नेपाल बैंकले सबैभन्दा बढी कारोबार गरेको छ । नेप्सेको अनुसार आज नेपाल बैंकले पाँच करोड ९३ लाखको कारोबार गरेको छ ।
नेप्सेको अनुसार आज आदर्श लघुवित्तको सेयरले सकारात्मक सर्किट हान्दा एनआइबिएल समृद्धि फण्ड २ ले सबैभन्दा बढी गुमाएको छ ।