नाडेप लघुवित्तले १० प्रतिशत बोनस बाँड्ने, नगद कति छ ?

<p>काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ [&hellip;]</p>

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल लघुवित्त संस्थाको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको छ ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Share News