काठमाडौं । इन्फिनिटी लघुवित्तले साधारण सभा बोलाएको छ । लघुवित्तको माघ १७ गते बसेको संचालक समितिको बैठकले फागुन १३ गतेको लागि साधारण सभा बोलाएको हो ।
लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ ।
यस्तै, लघुवित्तले साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति पनि तोकेको छ । कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात फागुन १ गतेसम्म कम्पनीको सेयरधनीको रुपम नेपाल स्टक एक्सचेन्जमा सक्रिय भएकाले मात्र लाभांश प्राप्त गर्नेछन् ।