झिनो अंकले बढ्याे सेयर बजार

<p>काठमाडौं । साताको पहिलो दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आइतबार सेयर बजार १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा बढी भएको छ । [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आइतबार सेयर बजार १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा बढी भएको छ । आज कम्पनीको ६ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै, आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् भने इस्टर्न हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

Share News