काठमाडौं । उपकार लघुवित्तले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्न फागुन १८ गते बिहीबार साधारण सभा बोलाएको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बिहीबार एक दिन बुक क्लोज गर्ने भएको छ । यसका अर्थ फागुन ३ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्ने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।