काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार आज ३९ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार एनआइसी एशिया बैंकको सेयर कारोबार सबैभन्दा बढी भएको छ । आज कम्पनीको ६ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै, आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् भने लक्ष्मी बैंक डिबेन्चर २०८८ का सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।