६/७ हप्तामा एसएमई प्ल्याटफर्म लागू हुन्छ : अध्यक्ष हमाल

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ६/७ हप्तामाभित्र एसएमई प्ल्याटफर्म लागू हुने बताएका छन् । सोमबार काठमाडौंमा आफ्नो ११ महिनाको काम सार्वजनिक गर्दै हमालले साना तथा मझौला कम्पनी (एसएमई) हरुको छुट्टै कारोबार गर्ने गरी छिट्टै एसएमई प्ल्याटफर्म लागू हुने बताएका हुन् । उनले एसएमई प्ल्याटफर्म लागू गर्न सके बजारको लागि सुनौलो हुने बताए । यस्तै, हमालले सेबोनको इतिहासमा इन्साइडर [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ६/७ हप्तामाभित्र एसएमई प्ल्याटफर्म लागू हुने बताएका छन् ।

सोमबार काठमाडौंमा आफ्नो ११ महिनाको काम सार्वजनिक गर्दै हमालले साना तथा मझौला कम्पनी (एसएमई) हरुको छुट्टै कारोबार गर्ने गरी छिट्टै एसएमई प्ल्याटफर्म लागू हुने बताएका हुन् । उनले एसएमई प्ल्याटफर्म लागू गर्न सके बजारको लागि सुनौलो हुने बताए ।

यस्तै, हमालले सेबोनको इतिहासमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा पहिलोपटक २ जनालाई कारबाही गरेको बताए ।

काम सार्वजनिक गर्दै हमालले ब्रोकरको शाखा खोल्न धेरै कुर्नु नपर्ने बताएका छन् । उनले १५ दिनभित्र यसको लागि स्वीकृत हुने बताए ।

 

Share News