काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले कर्मचारी अभाव हुँदा विदाको दिन पनि काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बोर्डमा ७ जना मात्र कर्मचारी रहेको र विदाको पनि काम गर्नुपर्ने बाध्यता रहेको बताए । ‘बोर्डमा कार्यकारी निर्देशक १, उप कार्यकारी २ र निर्देशक ४ जना मात्रै कार्यरत छन्,’ उनले भने ।
यद्यपि कर्माचारी अभावको बावजुत पनि महिनाको २ वटा आईपीओ र १४ वटा डिबेन्चर जारी गर्न दिइएको बताए ।
‘काम गर्दा गर्दै पनि मर्चेन्ट बैंकरहरुले काम ढिला भएको आरोप लगाउछन, तर बोर्डले सोधेको प्रश्न वा जवाफको उत्तर आउन ढिला आउँदा यस्तो भएको हो, यदि धितोपत्र बोर्डले सोधेको जवाफ समयमा आयो भने समयमै स्वीकृत दिन्छौं,’ उनले भने ।
उनले डिस मिडिया नेटवर्कले जवाफ ढिलो दिँदा २०७७ मा बोर्डमा दर्ता भएपनि स्वीकृत ढिलो भएको बताए । समयमा सबै डकुमेन्ट आए २र३ हप्तामा स्वीकृत दिइने गरेको उनी बताउँछन् ।