राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा देशाई नियुक्त

<p>काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको मुख्य प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ । देशाई एक साताअघि नै नेपाल बोलाइएको थियो । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृत दिएपछि मात्र आज देशाईलाई नियुक्त गरेको क्यानले जनाएको छ । यसअघि देशाईले सन् २०१७ [&hellip;]</p>

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको मुख्य प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ ।

देशाई एक साताअघि नै नेपाल बोलाइएको थियो । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृत दिएपछि मात्र आज देशाईलाई नियुक्त गरेको क्यानले जनाएको छ ।

यसअघि देशाईले सन् २०१७ मा नेपाली यु-१९ टोलीको ब्याटिङ कन्सल्ट्यान्ट समालेका थियो । त्यसअघि उनले सन् २०१४ को आइसिसी टि ट्वान्टी विश्वकप छनोटको क्रममा राष्ट्रिय क्रिकेट टोलीको लागि काम गरेका थियो ।

त्यसैगरी देशाई पछिल्लो तीन वर्ष वेस्टइन्डिजमा ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थियो । उनले सन् २०१९ देखि २०२२ को डिसेम्बरसम्म वेष्टइन्डिजमा काम गरेका थिए ।

यसअघि क्यानले मुख्य प्रशिक्षको लागि आवेदन खुला गरेको थियो । जसमा २४ जनाले प्रशिक्षकमा आवेदन दिएका थिए । त्यसमध्ये क्यानले अन्तिम चरणमा पाँच प्रशिक्षकको नाम सार्वजनिक गरी अन्तर्वार्ता लिएको थियो ।

यसअघि मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन भएको थियो । घरेलु मैदानमा आयोजना हुने आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा नेपाल रहेको छ । जसमा देशाईले नेपाली टोलीलाई प्रशिक्षण दिने छन् ।

नेपाल स्कटल्याण्ड र नामिबियाबीच हुने उक्त प्रतियोगितामा आगामी फागुन २ गतेदेखि सुरु हुनेछ । रासस

Share News