आशा लघुवित्तको सेयर प्रतिकित्ता ३७० मा, आज अन्तिम दिन

<p>काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बिक्रीमा राखेको संस्थापक सेयमार आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले माघ १० गतेदेखि ७ लाख ७४ हजार कित्ता संस्थापक सेयर बिक्री गरेको थियो । लघुवित्तको उक्त संस्थापक ७ लाख ७४ हजार ३७५ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । लघुवित्तको उक्त सेयर खरीद गर्न [&hellip;]</p>

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बिक्रीमा राखेको संस्थापक सेयमार आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले माघ १० गतेदेखि ७ लाख ७४ हजार कित्ता संस्थापक सेयर बिक्री गरेको थियो । लघुवित्तको उक्त संस्थापक ७ लाख ७४ हजार ३७५ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

लघुवित्तको उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य ३७० रुपैयाँ तोकिएको छ ।

खरिद गर्न इच्छुक लगानीकर्ताले प्रतिकित्ता ३७० रुपैयाँलाई आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

उक्त सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

लघुवित्तको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Share News