काठमाडौं । एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा आएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकतालाई मध्येनजर गरेर एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको हाे ।
यो एक पेनिट्रेटिभ वाटर प्रुफिंग समाधान रहेको कम्पनीले जनाएको छ । जसको वाटर प्रुफिंग तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी समेत रहेको छ ।
हाइड्रोलकको सबैभन्दा राम्रो कुरा यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथमा भएको जसले गर्दा यसलाई वाटर प्रुफिङको च्याम्पियनको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।