काठमाडौं । कारोबार सुरु भएको ३ घण्टामा सेयर बजार ६० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार मंगलबार दिउँसो १:५९ बजे नेप्से बढेर २१६१.०७ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार यति बेलासम्म आदर्श लघुवित्तको सेयरमा सर्किट लागेको छ भने सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकले गरेको छ ।