काठमाडौं । मंगलबार सेयर बजार ७६.६४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार बढेर २१७७.३४ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार यसरी सेयर बजार बढ्दा ९३ लाख कित्ता सेयर किनबेच भइ तीन अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी सेयर किनबेच हुने कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै, सेयर बजारमा उछाल देख्दा ४ कम्पनीको सेयरमा सर्किट लागेको छ भने ३ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । नेप्सेको अनुसार सर्किट लाग्ने कम्पनीहरु क्रमश बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, रादी विद्युत कम्पनी र आदर्श लघुवित्त रहेको छ ।
सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ महिनाको वित्तिय विवरणमा अर्थतन्त्रको महत्वपूर्ण सूचकहरुमा देखिएको सुधारले सेयर बजारमा उत्साह छाएको जानकारहरु बताउँछन् । 