बुटवल पावरको नाफा बढेसँगै ईपीएस पनि बढ्यो, विद्युत बिक्री आम्दानी ४३ करोड

<p>काठमाडौं । बुटवल पावर कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २६ प्रतिशत बढेर २२ करोड ८७ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु वर्ष ६ महिनामा कम्पनीको वित्तीय आम्दानी १५.४९ प्रतिशत बढेर ५ [&hellip;]</p>

काठमाडौं । बुटवल पावर कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २६ प्रतिशत बढेर २२ करोड ८७ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु वर्ष ६ महिनामा कम्पनीको वित्तीय आम्दानी १५.४९ प्रतिशत बढेर ५ करोड ७३ लाख १० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९६ लाख २२ हजार रुपैयाँ वित्तीय आम्दानी गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेका कारण यस्तो आम्दानी बढेको हो । बैंकहरुको निक्षेपको ब्याजदर बढेपछि कम्पनीको निक्षेपमा राखिएको रकमबाट आम्दानी बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ प्रतिशत बढेर ४३ करोड १५ लाख ६५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ३१ लख २२ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ५ प्रतिशत बढेर ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ र अन्य इक्विटी २ प्रतिशत घटेर ३ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.२४ रुपैयाँ बढेर १३ रुपैयाँ ४२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.७३ गुणा रहेको छ ।

Share News