सानिमा लाईफको दाबी भुक्तानीमा १२६.५९ प्रतिशत छलाङ, नाफा २३ प्रतिशत बढ्यो

<p>काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३.६२ प्रतिशत बढेर ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ०.८४ प्रतिशत [&hellip;]</p>

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३.६२ प्रतिशत बढेर ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ०.८४ प्रतिशत बढेर १ अर्ब १७ करोड २० लाख ६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १२६.५९ प्रतिशत बढेर ३१ करोड ३५ लाख ९० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ८३ लाख ९५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ, जगेडा कोष ८ प्रतिशत बढेर ३५ करोड ९० लाख रुपैयाँ, जीवन बीमा कोष ४४.३८ प्रतिशत बढेर ४ अर्ब ८ करोड ५३ लाख रुपैयाँ र महाविपत्ति कोष ४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.७८ गुणा रहेको छ ।

Share News