प्रिमियर इन्स्योरेन्सको नाफा साढे १५ करोड रुपैयाँ, ईपीएस कति ?

<p>काठमाडौं । प्रिमियर इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा सामान्य बढेको छ । पुस मसान्तसम्म कम्पनीको नाफा ०.३४ प्रतिशत बढेर १५ करोड ६१ लख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ५६ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस [&hellip;]</p>

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा सामान्य बढेको छ । पुस मसान्तसम्म कम्पनीको नाफा ०.३४ प्रतिशत बढेर १५ करोड ६१ लख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ५६ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ८ प्रतिशत घटेर ४२ करोड ४० लाख ६३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ९ लाख ८५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १९.२३ प्रतिशत बढेर २२ करोड ४५ लाख ७५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८३ लाख ६२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३०.५३ प्रतिशत बढेर १ अर्ब ४० करोड २६ लाख रुपैयाँ, जगेडा कोष ३५.५२ प्रतिशत घटेर ३० करोड ८ लाख रुपैयाँ, बीमा कोष १ अर्ब ९ करोड ३० लाख रुपैयाँ र महाविपत्ति कोष ६ करोड ८० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २२.२७ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४.२३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २९.५० गुणा रहेको छ ।

Share News