राष्ट्रिय बीमा कम्पनीको नाफा ९३ प्रतिशत बढ्यो, ईपीएस २८०.६७ रुपैयाँ पुग्यो

<p>काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ९२.५३ प्रतिशत बढेर ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ४३ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ६४.६७ प्रतिशत [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ९२.५३ प्रतिशत बढेर ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ४३ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ६४.६७ प्रतिशत बढेर २१ करोड २१ लाख ५० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ७३ प्रतिशत बढेर ३ करोड १९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९२ लाख ३६ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीले अभिकर्तालाई ४१ लाख रुपैयाँ कमशिन दिएको छ । कम्पनीको पुनर्बीमाबाट ९ करोड ४६ लाख रुपैयाँ कमिसशन आय र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी ११ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ, जगेडा कोष ३ अर्ब ५७ करोड २३ लाख रुपैयाँ र बीमा कोष २ अर्ब ८५ करोड ४० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब २८ करोड ७ लाख रुपैयाँ, बीमा लेख जारी संख्या २४ हजार ८५१, कुल दावी भुक्तानी रकम ६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनको प्रतिसेयर आम्दानी २८०.६७ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४३९.७७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९९.७५ गुणा रहेको छ ।

Share News