राष्ट्र बैंकलाई प्रश्न : सेयरधितो कर्जामा १२ करोडको सीमा किन हटेन ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा नहटाएपछि राष्ट्र बैंकप्रति सेयर लगानीकर्ताहरुले असन्तुष्टि जनाएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् १२ करोडको सीमा हट्ने अपेक्षामा रहेका सेयर लगानीकर्ताहरु राष्ट्र बैंकले सो सीमा नहटाएपछि असन्तुष्ट भएका हुन् ।नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंक सेयर लगानीकर्ताका सुझाव प्रति [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा नहटाएपछि राष्ट्र बैंकप्रति सेयर लगानीकर्ताहरुले असन्तुष्टि जनाएका छन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् १२ करोडको सीमा हट्ने अपेक्षामा रहेका सेयर लगानीकर्ताहरु राष्ट्र बैंकले सो सीमा नहटाएपछि असन्तुष्ट भएका हुन् ।नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंक सेयर लगानीकर्ताका सुझाव प्रति लचक नभएको बताइन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममै सेयरधितो कर्जामा १२ करोडको सीमा हट्न सक्ने संकेत देखाएपनि अन्तः व्यवस्था किन हटाएनन् भन्ने चासो पनि धेरैको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने बैंकिङ क्षेत्रमा अझै जोखिम कायमै रहेकोले १२ करोडको सीमा नहटाएको बताए । ‘बैंकिङ क्षेत्रमा जोखिम कायमै छ, अहिले नै सीमा हटाउँदा भोलि पुनः समस्या आउन सक्छ, त्यसैले पनि अहिले सेयरधितो कर्जामा लगाइएको सीमा हटाउन उचित देखिएन,’ उनले भने ।

उनले विस्तारै तरलतामा सुधार हुँदै जाँदा मौद्रिक नीतिका कार्यदिशा पनि परिवर्तन हुँदै जाने बताए । ‘हिजोको गल्ति नै दोहोर्यो भने पुनः समस्या आउन सक्छ, यसबेला हामी सजग बन्नु पर्छ, अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन खोजिएको हो, अहिले नै कुनै नीतिहरु रिभ्यू गर्दा भोलि अर्को जोखिमा आउन सक्छ, अहिले नै नीति परिमाजर्न गर्नु अनुकुल देखिँदैन, बैंकिङ क्षेत्रको एसेट र रिसोर्स म्यानेज्मेन्टका लागि यो व्यवस्था गरिएको हो,’ उनले भने ।

यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले पनि अहिले सेयर बजारप्रति लचक बन्ने समय नरहेको बताए । उनले पनि अहिले नै लचक बन्दा पुनः समस्या दोहोरिन सक्ने भन्दै राष्ट्र बैंकले केही कडाइका नीतिहरु यथावत राख्नु परेको धारणा राखे ।

‘ब्याजदर घट्ने संकेत देखिएको छ, अहिले भएको व्यवस्थाले केही सहज गरिरहेको छ, तरलतामा सुधार हुँदा सेयर बजार केही सहज हुन्छ, यसले सबैलाई सहज हुन्छ, अहिले नै नीति परिवर्तन गर्दा पुनः असर पर्न सक्छ,’ उनले भने ।

Share News