सनराइज फोकस्ड फण्डको ईकाइ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

<p>काठमाडाैं । सनराइज फोकिस्ड इक्विटी फण्डको ईकाइ बाँडफाँड गरिएको छ । सनराइज बैंक  कोष प्रबद्र्धक र सनराइज क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सनराइज सामहिक लगानी कोष अन्तर्गत संचालन हुनेछ । सनराइज फोकिस्ड इक्विटी फण्ड स्कीमको बन्दमुखी योजना को कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणहरुका लागि बिक्री खुल्ला गरिएको थियो । [&hellip;]</p>

काठमाडाैं । सनराइज फोकिस्ड इक्विटी फण्डको ईकाइ बाँडफाँड गरिएको छ । सनराइज बैंक  कोष प्रबद्र्धक र सनराइज क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सनराइज सामहिक लगानी कोष अन्तर्गत संचालन हुनेछ ।

सनराइज फोकिस्ड इक्विटी फण्ड स्कीमको बन्दमुखी योजना को कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणहरुका लागि बिक्री खुल्ला गरिएको थियो । इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक प्राप्त भएको आवेदन (बीज पूँजी सहित) २९ हजार ९०३ वटा आवेदनहरुबाट १० करोड इकाई खरिदका लागि आवेदन परेको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड गरी सनराइज फोकस्ड इक्विटी फण्ड योजनाको आकार एक अर्ब रुपैयाँ कायम गरिएको छ । बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाईट  तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्धारा सञ्चालित मेराेसेयर बाट हेर्न सकिने छ ।

Share News