
काठमाडौं । सेगवे–नाइनबोट कम्पनीले अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । कम्पनीले आकर्षक डिजाइनको इलेक्ट्रिक स्कुटर सेगवे एन १०० नेपालमा लन्च गरेको हो ।
उक्त कम्पनीले सेगवे एन १०० इलेक्ट्रिक स्कुटर नेपाली बजारमा पहिलो पटक ल्याएको छ ।
आधुनिक प्रविधि र नयाँ मोडलको यो स्कुटर छोटो दूरीको यात्राका लागि उपयुक्त मानिने कम्पनीले बताएको छ । यस मोडलमा अग्रणी टेक्नोलोजी र हेभी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण रहेको कम्पनीको भनाइ छ ।
विभिन्न उत्कृष्ट फिचरहरू समावेश भएको यो स्कुटर १७२८ वाटको अधिकतम मोटर पावर र ७२भि २४ए ब्याट्री क्षमताको साथ १०५ किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ ।
यस स्कुटरको लोड क्षमता १५० केजी, ह्वीलबेस १३५० र ग्राउन्ड क्लियरेन्स १२९ मिलिमिटर रहेको कम्पनीले जानकारी दिएको छ । सेगवे–नाइनबोट एन१०० इलेक्ट्रिक स्कुटर ७२ भोल्टको मोटरसाइकल हो । यस स्कुटरमा स्मार्ट टेक्नोलोजी जडान भएको छ भने मोबाइल एप्लिकेसन मार्फत अनलक गर्ने सिस्टम छ ।
सेगवे–नाइनबोट एन१०० एक सुविधाजनक इलेक्ट्रिक स्कुटर रहेको र सबैको लागि उपयुक्त हुने पनि कम्पनीले बताएको छ । कम्पनीको अनुसार सेगवे एन१०० इलेक्ट्रिक स्कुटरलाई नेपाली बजारमा २ लाख ६० हजार रुपैयाँ पर्छ ।
सेगवे–नाइनबोट ब्रान्ड दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्ग व्यक्तिगत ट्रान्सपोर्टरको लागी एक प्रख्यात ब्रान्ड हो । यस कम्पनीले छोटो दूरीको यात्राको लागि विकल्प र रोबोटिक सेवाहरू उत्पादन गर्दै आएको छ । सेगवे नाइनबोटको लागि नेपालमा आईहव प्रालि आधिकारिक आयातकर्ता एवम् वितरक कम्पनी बनेको छ।