काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ०.९५ प्रतिशत घटेर २४ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क १.०९ प्रतिशत बढेर ७७ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको खुद दावी भुक्तानी ६.६० प्रतिशत बढेर ४२ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ८६ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १३ करोड १७ लाख रुपैयाँ र पुनर्बीमा कमिशन वापत ३४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३० प्रतिशत बढेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँ, जगेडा कोष १६.८० प्रतिशत बढेर ८१ करोड ७५ हजार रुपैयाँ, बीमा कोष ८.१४ प्रतिशत बढेर १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ र महाविपत्ती कोष १३ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.०६ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २१५.२१ रुपैयाँ पैसा र मूल्य आम्दानी अनुपात ४३.४९ गुणा रहेको छ ।