काठमाडौं । आइतबारदेखि दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सका आधाभूत सेयरधनीको कारोबार रोक्का गरिदिएको हो ।
यी दुई कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने प्रयोजनको लागि नेप्सले आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरेको हो ।
मर्जरमा जानको लागि दुई कम्पनीले गत माघ २७ गते नै समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।