सर्वाधिक नाफा कमाउने नेपाल लाइफलाई पछ्याउँदै सन नेपाल, तेश्रोमा सूर्यज्योति

<p>काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ३ अर्ब १० करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । जुन गत वर्षको तुलनामा १७४.१३ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७८ को पुस मसान्तसम्ममा १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएका थिए । कम्पनीहरुले सार्वजनिक गरेका दोश्रो त्रैमासको वित्तीय विवरणअनुसार [&hellip;]</p>

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ३ अर्ब १० करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । जुन गत वर्षको तुलनामा १७४.१३ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७८ को पुस मसान्तसम्ममा १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएका थिए ।

कम्पनीहरुले सार्वजनिक गरेका दोश्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालित १८ वटै कम्पनीहरु नाफामै छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी नाफा कमाउने कम्पनीको सूचीमा अग्रस्थानमै छ । कम्पनीले समीक्षा अवधिमा नाफामा २३७.९८ प्रतिशत वृद्धि गरी ४४ करोड १० लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, नेपाल लाइफलाई पछ्याउँदै सन नेपाल लाइफ सबैभन्दा बढी नाफा कमाउने कम्पनीको दोश्रो स्थानमा पर्न सफल भएको छ । कम्पनीले ६ महिनाको अवधिमा ३५ करोड ३९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । गत वर्ष ८ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ३४०.९० प्रतिशतले बढाएको छ । र, प्रतिशतको आधारमा कम्पनी नाफा वृद्धिमा अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी आक्रामक देखिएको छ ।

त्यसैगरी, साविकको सूर्या लाइफ र ज्योति लाइफ मर्ज भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स पनि नाफामा आक्रामक नै देखिएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार इन्स्योरेन्सले २८ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, रिलायन्स लाइफ र प्रभु लाइफले एक वर्षको अवधिमा शतप्रतिशतभन्दा नाफा कमाएका छन् । रिलायन्सले ११९.३५ प्रतिशत र प्रभु लाइफले १०७.१९ प्रतिशत बढी नाफा आर्जन गरेको देखिएको छ ।

समीक्षा अवधिमा प्राइम लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा कम प्रतिशत अर्थात ०.२५ प्रतिशतले बढेको छ । गत वर्ष १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको प्रभु लाइफले चालु आवको पुससम्ममा १७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

रकमको आधारमा सबैभन्दा कम नाफा आर्जन गर्नेको सूचीमा राष्ट्रिय बीमा संस्थान छ । सरकारी स्वामित्व रहेको यो कम्पनीले साउनदेखि पुससम्ममा १ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको भन्दा १९.५३ प्रतिशतले बढी हो । गत आवको पुससम्ममा बीमा संस्थानले ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Share News