फागुन ३ देखि छाला जुत्ता र वस्तु प्रर्दशनी मेला सञ्चालन हुने, ८० हजारले अवलोकन गर्ने

<p>काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा आठौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ । काठमाण्डौको भृकुटी मण्डपमा ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका साथ फागुन ३ गतेदेखि फागुन ९ गतेसम्म उक्त मेला सञ्चालन हुने भएको हो । नेपाली साना घरेलु तथा लघु [&hellip;]</p>

काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा आठौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ । काठमाण्डौको भृकुटी मण्डपमा ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका साथ फागुन ३ गतेदेखि फागुन ९ गतेसम्म उक्त मेला सञ्चालन हुने भएको हो ।

नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई वैज्ञानीक रुपले आधुनीकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत प्रचार गराउँदै राष्ट्रिय अर्थतन्त्रमा परिवर्तन ल्याउने लक्ष्य रहेको संघले बताएको छ ।

मेलामा करीब ७० देखि ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्मनिर्भर गराउने र नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरिने बताइएको छ ।

मेलामा प्रतिष्ठीत ब्राण्डका गुणस्तीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री वितरण गरिनेछन् । मेलामा बिक्री गरीने जुत्तामा ६ महिनासम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइनेछ ।

प्रवेश निशुल्क हुने मेलाको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले गर्ने भएकी हुन् ।

Share News