नेपाली सेनाले खुलायो २१ सय ३५ जनाका लागि जागिर

<p>काठमाडौं, १ कात्तिक । नेपाली सेनामा २१ सयभन्दा बढीका लागि जागिर खुलेको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि जागिर खुलेको हो । नेपाली सेनालो निकालेको सुचना अनुसार सिपाही पदमा मात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । काठमाडौंको [&hellip;]</p>

nepal_armyकाठमाडौं, १ कात्तिक । नेपाली सेनामा २१ सयभन्दा बढीका लागि जागिर खुलेको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि जागिर खुलेको हो ।

नेपाली सेनालो निकालेको सुचना अनुसार सिपाही पदमा मात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । काठमाडौंको जंगी अड्डामा मात्रै ४ सय जना सिपाही माग गरिएको छ ।

सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केशकर्तक, वेटर र लोहार पदमा आवेदन मागेको छ ।

इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढीका विभिन्न सैन्य पृतना, बाहिनी, गण तथा गुल्ममा भर्ति गर्न लागिएको हो ।

Share News