काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले दुई वटा लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले फागुन १ गते मात्रै इन्फिनिटी लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।
जसमध्ये इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ८३१.६७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८३४.४५ रुपैयाँ कायम भएको छ ।
यससँगै, मंगलबारको बजारमा यी दुबै संस्थाको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर हुने छ ।