परिसूचक दोहोरो अंकले घट्दा पौने दुई अर्बको कारोबार, टप गेनरमा यूनिलिभर नेपाल

<p>काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ३ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार पौने २ अर्ब रुपैयाँमा सीमित भएको [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ३ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार पौने २ अर्ब रुपैयाँमा सीमित भएको छ । बजारमा २५५ कम्पनीको ४६ लाख ८५ हजार कित्ता सेयर १ अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, न्ङादी ग्रुपको ७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेको सूचीमा यूनिलिभर नेपाल रहेको छ । कम्पनीको सेयर मूल्य ६.१२ प्रतिशतले बढेर प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको छ । त्यस्तै, दोश्रोमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्चनको ५.२३ र नेपाल इन्स्योरेन्सको सेयर मूल्य ४.५७ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी प्रतिशतले गुमाउनेको सूचीमा बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ता रहेका छन् । यो कम्पनीका लगानीकर्ताले ५.०७ प्रतिशतले सेयर मूल्य गुमाएका छन् । जसको अन्तिम कारोबार प्रतिकित्ता ६०९ रुपैयाँमा भएको छ ।

बजारमा उत्पादनमूलक बाहेक सबै समूह राताम्मे भएका छन् । घटेको बजारमा उत्पादन मूलक समूह भने १६.१७ अंकले बढेको छ ।

Share News